काठमाण्डाैका निम्न भुकम्प पिडितलार्इ पर्यो ट्याक्सीको नम्बर (सूची सहित)

चन्द्रागिरि ।

यातायात व्यवस्था विभागले भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी नम्बर वितरण गरेको छ । शुक्रबार अन्तिम दिन काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका पीडितले कुल ४ सय ९६ नम्बर प्लेट गरिएको थियो । जसमा काठमाडौंबाट ९५ , ललितपुरबाट ७२, भक्तपुरबाट ४३, मकवानपुरबाट ३१, धादिङबाट १ सय १७, ओखलढुङ्गाबाट ३०, गोरखाबाट ७८ र रसुवाबाट ३० जना पीडितले नम्बर प्लेट पाएको विभागले जनाएको छ।

१५ सयलाई मात्र नम्बर प्लेट बाँड्ने भनिए पनि ४८ हजार ९ सय ६५ जनाले आवेदन दिएका थिए। बाँढ्ने संख्या भन्दा कयौं गुणा धेरै अावेदन आएपछि विभागले गोलाप्रथाबाट छनोट गरी ट्याक्सी नम्बर बाँडेको हो।

आवेदन आएको संख्याको आधारमा प्रत्येक जिल्लालाई कोटा छुट्याएको थियो। जसमा सबै भन्दा धेरै सिन्धुपाल्चोकका पीडितले २ सय ५३ वटा नम्बर प्लेट पाएका छन् भने सबै भन्दा थोरै ओखलढुङ्गा र रसुवाका पिडितले ३०-३० वटा पाएका छन्। ललितपुरको च्यासल मैदानमा गरिएको हो ।

यहाँ क्लिक गरि हेराैँ नाम ।