कालोपत्रे गर्न आन्दोलनै गर्नुपर्ने, बौद्ध सडक धमाधम कालोपत्रे हुन थाल्यो!

130

लामो समयदेखी धुलो धुवा सहन बाध्य भएको भन्दै स्थानीय बासिन्दा सडकमा उत्रिए लगत्तै बोद्ध सडकखण्डको पिच गर्ने कार्य सुरु भएको छ । बेला बेलामा सडक मर्मतको लागि दवाव दिँदा पनि सुनावाई नभए पछि बैशाख २६ गते स्थानीय तथा व्यापारीले सडक अवरुद्ध गरेका थिए ।

सडक अवरुद्ध गरेसंगै चाबहिलबाट बौद्धसम्मको सडकको पिच गर्ने काम बुधबार बिहान ८ बजेदेखि शुरु भएको हो । सडक अवरुद्ध गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी नै चलेको थियो । सोही क्रममा सडक तत्कालै कालोपत्र गर्ने सहमति भयो र अवरुद्ध सडक खुल्यो। सहमतिअनुसार अहिले बौद्ध क्षेत्रमा कालोपत्रे गर्नेक्रम बढेको छ।