काठमाडौं, चैत ९— काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ। मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन्। उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ मोनोरेल प्रालि नामक कम्पनी’ गत माघमै स्थापना गरिसकेका छन्।
मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा.अमिनुद्दिन अदनान, कार्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सलट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौँमा छन्।
सो टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गराएको छ। ‘बुधबार राति अबेरसम्म मलेसियाली टोलीले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेको छ भेटमा संलग्न एक अधिकारीले भने, प्रधानमन्त्रीले उहाँहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
Leave a Reply
You must be logged in to post a comment.