चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

432

चन्द्रागिरि, चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ।च.न.पा वडा नं १ देखि वडा नं १५  भित्रका मठ मन्दिर, विद्यालय, कलेज, राजमार्ग, सहायक मार्ग लगायतका सरसफाई गर्ने गरि अभियान सुरु गरिएको हो। १५० जना भन्दा बढि वेरोजगार युवा युवतीहरूले आवश्यक सरसामाग्री समेत रोजगार कार्यक्रमा सहभागिता जनाएको छ।

गणेशमान सिंह मार्ग अन्तर्गतको गोदाम पानीघाट बाटो कालोपत्रे तथा ढलानको निरिक्षण तथा अवलोकन गर्नुका साथै थानकोटमा जनता बैंकको शाखाकोपनि उदघाटन गरिएको छ।