चन्द्रागिरी नगरपालिका दिदि बहिनीले ४१ घण्टा ५ मिनेट नाचेरै राखे वोर्ल्डरेकर्ड

2038

चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले ४० घन्टा युगल नृत्य प्रस्तुत गर्नुपर्नेमा ४१ घन्टा ५ मिनेट नृत्य गरेर गिनिज बुक अफ वल्ड रेकर्डसका लागी रेकर्ड राख्न सफल भएका छन् ।

गत जेस्ठ ११ गतेको दिन देखि नाच शुरु गरेका यी दुइ  दिदिबहिनी रुबिशा र एलिशाले आईतबार राति १ बजे सम्म नाचेर ४१ घण्टा ५ मिनेटको रेकर्ड राख्न सफल भएका छन भने उक्त खुसि साट्दै सोमबार बिहान पत्रकर सम्मेलनको साथमा कार्यक्रम समापन गरेका छन  । कार्यक्रममा  पुर्व खेलकुद मन्त्री माननिय राजन कुमार केसीको बिशेष उपस्तिथी रहेको थियो भने अतिथीको रुपमा चन्द्रागीरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा र पत्रकारहरुको उपस्तिथी रहेको थियो  ।