चन्द्रागिरी नगरपालिका वडा नं १३ मा मदन भण्डारी स्मृति पार्क बन्ने

499

चन्द्रागिरी नगरपालिका वडा नं १३ मा रहेको सुर्यपार्कलाई मदन भण्डारी स्मृति पार्क शिलान्यास गरिएको छ।

श्रावण ३० गते आयोजित एक कार्यक्रममा काठमाडौ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठ , काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य ,चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरिले सयुक्त रुपमा शिलान्यास गरेका थिए ।

काठमाडौं महानगरपालिका र चन्द्रागिरी नगरपालिकाको सयुक्त लगानीमा बन्न लागेको उक्त पार्क निर्माणका लागि तत्काल दुइ करोड रुपैया छुट्टयाइएको छ ।

सो कार्यक्रममा बोल्दै कृष्ण गोपाल श्रेष्ठ ले मदन भण्डारी को २०५० साल जेष्ठ २ गते बिहान गणेशमान र मदन भण्डारीको भेटघाटमा आफू रहेको र दुबै नेताले देश को परिस्थितिको बारे गम्भीरताका साथ छलफल गरेको अनुभव सुनाएका थिए।त्यसै गरि उनले मदन भण्डारीको जीवनकालको स्मरण गराउदै भण्डारीले देशको लागि गरेको योगदानको प्रसंशा गरेका थिए ।

तत्कालीन काठमाडौ क्षेत्र नं ५ रहेको सो ठाउँ बाट मदन भण्डारी ले भारी मत ले चुनाब जितेको र त्यस्तो पुन्यभुमीमा उहाकै नाममा एस्तो राम्रो काम गर्न लागेकोमा काठमाडौं का प्रमुख बिद्यासुन्दर शाक्य चनपाका प्रमुख घनश्याम गिरिलाई श्रेष्ठले धन्यवाद दिएका थिए।

तेस्तै उक्त कार्यक्रम बोल्दै काठमाडौं प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौ भित्र रहेको सबै नगरपालिकालाई पार्क निर्माणका लागी अन्तर नगर साझेदारी कार्यक्रम अन्तर्गत प्रति नगर १ करोड बिन्योजित गरेको जानकारी गराउदै उनले काठमाडौबासी भूगोलले नगरपालिका भनेर छुट्टयाइएको भए पनि भाबनात्मक एकै भएको बताएका थिए ।

उक्त कार्यक्रमका अध्यक्ष समेत रहेका च न पा का मेयर घनश्याम गिरिले नगरपालिकाको पर्यटन बिकास र केबुल कार ,कालुपान्डे समाधीस्थान , मातातिर्थ लगायत पर्यटकीय स्थानहरुको वारेमा जानकारी गराएका थिए।

च न पा वडा १३ काअध्यक्ष बालमुकुन्द बिडारीले उक्त पार्कलाई नजिक बाट हेरिरहेको र संरक्षक मा कुनै कसर बाकी नराख्ने कुरा बताएका थिए।

उक्त कार्यक्रममा नेकपाका जिल्ला सदस्य नबराज भट्ट ,नागर्जुन नेकपा अध्यक्ष नन्दन्हरी गौतम, च न पा नेकपा अध्यक्ष राजु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।

सो कार्यक्रममा काठमाडौं महानगर उप प्रमुख हरि प्रभा खड्गी ,वडा १४ का अध्यक्ष शोभा सापकोटा ,वडा १५ का अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलको पनि उपस्थिति रहेको थियो।

फोटो सोन्जय: कपन अनलाइन