चन्द्रागिरी महोत्सवको सम्पूर्ण तयारी

  • 263
    Shares

बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलन गरी महोत्सवको तयार पूरा भएको जानकारी दिइएको हो।

चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालय प्रदेश– ३, ,जिल्ला विकास समन्वय समिति काठमाडौंको सहआयोजनामा उक्त महोत्सव भोलिदेखि सुरू हुन लागिएको चन्द्रगिरी नगरपालिका प्रवक्ता हरि भक्त महर्जनले बताए।

‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरीको पहिचान बढाऔं,’ भन्ने मूल नाराका साथ दोस्रोपटक उक्त महोत्सव हुन लागेको चन्द्रागिरी महोत्सव मूल आयोजक कमिटीका सहसंयोजक तथा प्रचार प्रसार संयोजक रोशन दानीले बताए।

पर्यटकीय स्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक स्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरीका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र झन् चिरपरिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवका संयोजक रामनारायण घिमिरेले जानकारी दिए।

नौ दिनसम्म चल्ने उक्त महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलनगायतका १०० बढी कक्ष रहने महोत्सवका सहसंयोजक श्रीहरि थापाले बताए।

महोत्सवमा चन्द्रागिरीको पृष्ठभूमि झल्किने होर्डिङबोर्ड, फोटो प्रदर्शनी तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरूको आयोजना हुनेछ। पछिल्लो समय दहचोक, कालुपाण्डे समाधि स्थल, मातातीर्थ, थानकोट, मच्छेनारायण जस्ता पर्यटकीय तथा धार्मिक स्थल रहेको पर्यटकीय स्थललाई प्रदेश सरकारले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगेको छ। महोत्सवमा स्थानीय स्तरका झाँकी प्रदर्शन समेत गरिने महोत्सवका व्यवस्थापक देवेन्द्र प्रदानले जानकारी दिए

यही चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारामा महोत्सव हुँदैछ।


  • 263
    Shares

Comments

comments