थानकोट जेसिसद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

522

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका ४ स्थित थानकोट प्राथमिक अस्पताल प्राङ्गणमा रहेको सार्वजनिक स्थानमा जेसिआई थानकोटको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। थानकोट जेसिसको संयुक्त आयोजनामा १५० बिभिन्न जातिका बोट बिरुवा रोपिएको जेसिसका अध्यक्ष राज गोपालीले जानकारी दिए ।

कार्यक्रम अन्र्तगत आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथि च. न. पा. ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले च. न. पा. ४ का जेष्ठ नागरिक नारायण गोपालीलाई (९० बर्ष) बिरुवा हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद खड्गीले समाजसेवा गर्ने उदेस्यले स्थापना गरिएका जेसिआई थानकोटले बृक्षारोपण कार्यक्रमको आयोजना गरी वातावरणीय सन्तुलन, तथा मानव स्वास्थ्यको लागि अति आवस्यक अक्सीजन प्रदान गर्ने बोट बिरुवाको गोडमेल तथा बृक्षारोपण गर्नु सराहनिय कार्य भएको बताए ।

कार्यक्रममा थानकोट जेसिसका पदाधिकारीका साथै समाजका बिभिन्न प्रतिस्थित ब्यक्तिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथि र पदाधिकारीकालाई मायाको चिनोको स्वरुप बिरुवा प्रदान गरि आफ्नो निवासमा बिरुवा रोप्न प्रोत्साहन गरिएको थियो।