थानकोट देखि धादिङ सम्म सवारी जाम

त्रिभुवन राजपथको थानकोट , नागढुङ्गा नौबिसेसडक देखि पृथ्वि राजमार्ग धादिङ सम्म सवारी जाम रहेको छ । उक्त सडक खण्डमा अहिले सवारी साधन एक तर्फि मात्रै सञ्चालन भईरहेको छ । अहिले थानकोट देखि धादिङको जुगेखोला सम्म करिव २२ किलो मिटर सडक खण्डमा सवारी जाम रहेको छ ।उक्त सडक खण्डको विभिन्न ठाउँमा सडक बिग्रदा सधै जसो ४ देखि ५ घण्टा सम्म सवारी चाप हुने गरेको चालक हरुले बताएका छन् ।

रात्री सेवा तथा अन्य माल बाहक सवारीहरुका यात्रुमा लामो समय सम्म जाममा बस्नु पर्ने बाध्यता रहेको छ । यसले यात्रुहरुमा हैरानी थपिनुका साथै बिरामीहरु छिटै अस्पताल जान समेत नपाउने स्थिती देखिएको छ ।