थानकोट बृत्तका इनिस्पेक्टरलाई घुस दिने बिचाैलिया कार्की अख्तियारको फन्दामा

रोसन दानी, काठमाडौं :



jibss

महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षक (इनिस्पेक्टर)लाई घुस दिने बिचौलिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । घटना महानगरीय प्रहरी बृत्त थानकोटको हो ।

चाउचाउमा लागु औषध फेला परेकाे घटना सेलाउन नपाउँदै उत्त घटना मिलाईदिनु भन्दै प्रहरीलाई प्रलोभन देखाउने बिचाैलिया फेरि अक्तियारकाे फन्दामा परेका छन् ।

लागुऔषध मुद्दाका थुनुवा कालीकोट राजकोट नगरपालिका- ६ का दाजु नवीन शाही ठकुरीलाई भेट्न आएका भाई र उनका साथीले महानगरीय प्रहरी प्रभाग बलम्वुमा जेठ १३ गते , चाउचाउकाे प्याकेट भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट लिएर अाएका भाइ पुजन बम ठकुरी र उनका साथी धर्मेन्द्र लिम्बू पक्राउ परे ।

प्रहरीले भाइ पुजन बम ठकुरीलाई लागुऔषध मुद्दामा काठमाडौ जिल्ला अदालतवाट म्याद थप गरि हिरासतम राखियो भने पुजनका साथी धर्मेन्द्र लिम्बूलाई तत्काल प्राप्त प्रमाणकाे अाधारमा हिरासतमा राख्नु नपर्ने देखि खाेजेकाे बेला उपस्थित हुने गरि जिम्मा लगाई छाेडिएकाे थियाे ।

धर्मेन्द्र लिम्बूलाई जिम्मा लिई जाने जिल्ला झापा दमक नगरपालिका १६ घर भई बानेश्वर बस्ने अभिषेक कार्कीले अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई भेटी गाेप्य कुरा गर्नु छ भने ,प्रहरी निरीक्षक गिरीले कार्कीलाई कुरा गर्न भनी कार्यालय प्रमुखकाे कार्यकक्षमा लिई जाना साथ केस मिलाई दिनु पर्याे ४० हजार दिन्छु भनी तत्काल १० हजार नगद निकालि दिन खाेजेपछि प्रहरी निरीक्षक गिरीले निज बिचाैलिया कार्कीलाई तत्काल नियन्त्रणमा लिई कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापालाई जाहेर गरे ।

बृत्त प्रमुख थापाले तत्कालै माथिल्लो कार्यालयलाई रिपोर्टिङ गरे पश्चात् अक्तियार दुरुपयोग अायाेग टगांलकाे टाेली तत्कालै अाई घुष दिनलागेकाे नगद १० हजार र साथैमै बाेकेकाे १ लाख २० हजार समेत बरामद गरि अक्तियारले घुष दिने झापा जिल्ला दमक नगरपालिका घर भई बानेश्वर वस्ने अभिषेक कार्कीलाई नियन्त्रण लिएकाे हाे ।

राष्ट्र सेवक प्रहरी कर्माचारीलाई अनुचित प्रलोभनमा पारी घुष (रिसवत ) दिन खोज्नेलाई पक्राउ गरि कारवाही गर्ने अभियान अन्तर्गत याे कारवाही गरिएकाे बृत्त प्रमुख प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

थानकोट प्रहरीले यस अघि पनि घुष दिन खाेज्ने ४ जनालाई पक्राउ गरि सकेकाे छ ।