दुर्घटना परेको युएस बंगला विमानका मृतकको शव आफन्तजनलाई बुझाइयो

काठमाडौं । गत सोमबार दुर्घटना परेको युएस बंगला एयरलाईन्सको विमानका मृतकको शव हिजो राति आफन्तजनलाई बुझाइएको छ । सनाखत भएका १० नेपाली नागरिकको शव आफन्तलाई बुझाइएको हो ।

चालक दलका सदस्यसहित ७१ यात्रु सवार विमान त्रिभुवन विमानस्थलको धावनमार्गमा दुर्घटनामा पर्दा ४९ जनाले ज्यान गुमाएका थिए । जस्मा ३३ नेपाली नागरिक थिए । ३३ मध्ये सनाखत भएका १० जनाको शव हिजो राति बुझाइएको हो ।

जम्मा २४ जनाको शवको सनाखत भएकामा अन्य १४ विदेशी नागरिक रहेका छन् । उनीहरुको शव बुझाउने प्रक्रिया पनि अघि बढाइएको छ ।

हिजो राति शिला बजगााई, प्राश्ना पाण्डे, एल्जिना बराल, बालकृष्ण थापाका परिवारले शव बुझेका छन् । सैगरि हरिशंकर पौडेल, प्रविण चित्रकार, सञ्जय महर्जन, ज्ञानी कुमारी गुरुङ, मिली महर्जन, पूर्णिमा लोहनीका परिवारले समेत शव बुझेका छन् । सनाखत नभएका शवको भने डिएनए परीक्षणपश्चात मात्रै शव बुझाइने छ ।न्युज२४