
चन्द्रागिरि ।
शुक्रबार सम्पन्न खेलहररूमा धनपति मैनाली र राम ढकालको जोडीले पुष्प बस्नेत र संग्राम पाैडेलको जोडीलार्इ पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो त्यस्तै अर्को खेलमा उदय थापा र अमृत थापाको जोडीले तुलसी श्रेष्ठ र नविन श्रेष्ठको जोडीलार्इ स्तब्ध पार्दै सेमीफाइनमा स्थान सुरक्षित गर्न सफल भयो ।
शुक्रबार नै हाइभिजन कोलोनी समाजमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा बसन्त महर्जन र प्रमोद महर्जनको जोडी फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । महर्जन जोडीले प्रतिक मेहर श्रेष्ठ र प्रतिक अर्यालको जोडीलार्इ २१-९ र २१-११ को सोझो सेटमा पराजित गर्यो । त्यस्तै दोश्रो सेमीफाइनल खेलमा उदय थापा र अमृत थापाको जोडी विजयी हुँदै उपाधी नजिक पुगेको छ । फाइनल खेल शनिबार बिहान हुनेछ ।