“दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” असोज ४ गते वाट ।

374

काठमाडौं । देउराली युवा जागरण क्लबले पुरुष भलिवल प्रतियाेगिता गर्ने भएकाे छ। विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा छेत्रिय स्तरको र राष्ट्रिय स्तरका खेलाडी समावेश गराउन पाउने छैन भने खेल लिग, कम र नकाउट को आधारमा खेलाइने देउराली युवा जागरण क्लबका अध्यक्ष सुबास श्रेष्ठले वताए ।

गत वर्ष प्रथम कृष्ण कुमार के.सी पुरुष भलिबल प्रतियोगिता भव्य रुपमा सफल भएको थियो। कुल १२ वटा टीम को सहभागी भएकोमा शसस्त्र प्रहरी निलबारही गण(APF) सतुंगल प्रथम र चंदन प्रभातेश्वर समाज सुधार क्लब दोश्रो भएका थियो।

क्लबका अध्यक्ष अनुसार असोज १ गते सम्म आवेदन दिन पाइने जानकारी दिएका हुन । “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” प्रतियाेगिता प्रथम हुनेले ट्रफिको साथमा नगद रू चालिस हजार , दोस्रो हुनेले नगद बिस हजार र तेस्रो हुनेले दस हजार पाउने छन् । खेल देउराली भलिबल ग्राउण्ड चेकपोस्ट, चन्द्रागिरीमा असोज ४ गते बाटसुरू हुने छ । टिम दर्ताकोको लागी सम्पर्क न: हरि के.सी 9841517804 र सुबास श्रेष्ठ 9840223428 रहेको छ।