
चन्द्रागिरि ।
अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा अार्थिक वर्ष २०७४/७५ को लागि बजेट प्रस्तुत गरेका छन् । महराले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजनको घोषणा गरे ।
स्थानीय तहलाई जनसंख्या विकासको अवस्था र लागत समायोजन र क्षेत्रफललाई मानक मानी स्थानीय तह विकासका लागि गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोड छुट्याइएको छ ।
त्यसैगरी नगरपालिकालाई न्यूनतम १५ करोड अधिकतम ४३ करोड, उपमहानगरपालिकालाई न्यूनतम ४० करोड अधिकतम ६३ करोड र महानगरपालिकालाई न्यूनतम ५६ करोड अधिकतम १ अर्ब २४ करोड बजेट छुट्याइएको छ ।
यसको अतिरिक्त स्थानीय तहमा सशक्त अनुदान स्वरुप सरकारले ७६ अर्ब ४१ करोड बजेट छुट्याएको छ । यस अन्तर्गत गाउँपालिकाले १ करोड २० देखि १७ करोड २२ लाख, नगरपालिकाले ३ करोड ९५ लाख देखि ३१ करोड २७ लाख, उपमहानगरपालिकामा १४ करोड ८० लाख देखि ३१ करोड र महानगर पालिकामा २८ करोडर १२ लाख देखि ७८ करोड ३९ लाख बजेट विनियोजन गरिएको छ ।
सरकारले रातो किताबमा स्थानीय तहले पाउने बजेट पनि उल्लेख गरेको छ । चन्द्रागिरि नगरपालिकाले वित्तिय यस्तो छ बजेटको पुर्णपाठसमानिकरण अन्तर्गत २७ करोड ८५ लाख ४० हजार बजेट पाएको छ भने सशर्त अनुदान अन्तर्गत १३ करोड ३३ लाख बजेट पाउने भएको हो ।
[embeddoc url=”https://chandragirinews.com/wp-content/uploads/2017/05/Redbook-Local-2074-75_20170529015848.pdf” download=”all”]