नेपालमा ८ सय ३८ संक्रमित थपिए, संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुग्यो

394
५ भदौ   काठमाडौं । मुलुकमा थप ८ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ३८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको हाे ।
काठमाडौं उपत्यकामा १८२ जनामा  संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।