नेपाल र भारतबीच मैत्रीपुर्ण फुटबल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइने

चन्द्रागिरि ।



jibss

एएफसी एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र भारतबीच अाज साँझ मुम्बईस्थित अँधेरी कम्प्लेक्स स्टेडियममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ। खेल स्थानीय समयअनुसार साँझ ७ बजे सुरू हुनेछ ।

यसअघि भारतले लेवनानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएपनि लेवनानले आन्तरिक कारण नखेल्ने बताएपछि भारत फुटबल संघले नेपाललाई प्रस्ताव राखेको थियो।

नेपाल विरूद्धको खेलमा भारतका नियमित कप्तान सुनिल क्षेत्रीले खेल्ने छैनन् उनको स्थान गोलरक्षक गुरप्रित मान सान्धुले लिनेछन्।  खेल स्टार स्पोर्टस् २ ले प्रत्यक्ष प्रसारण गर्नेछ ।

नेपाली टोली
गोलकिपरः विकेश कुथू, किरणकुमार लिम्बू, विशाल श्रेष्ठ
डिफेन्डरः विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, विमल बस्नेत
मिडफिल्डरः रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, हेमन्त थापा मगर
फरवार्डः विमल घर्तीमगर, भरत खवास, नवयुग श्रेष्ठ
मुख्य प्रशिक्षकः कोजी ग्योतोकु
प्रशिक्षकः राजुकाजी शाक्य
गोलकिपर प्रशिक्षकः उज्ज्वल मानन्धर
फिजियोः राजु दाहाल