
प्रदेस नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहिवार राती काठमाडौँ महानगरपालिकाका सडक सफाइको निरीक्षण गरेका छन । बिहिवार राती ९ बजे सडक निरीक्षणमा निस्किएका मुख्यमन्त्री पौडेल संगै काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राई ,प्रदेस सभा सदस्य दिपक निरौला , काठमाडौँ महानगरपालिकाका प्रमुख बिध्या सुन्दर शाक्य सो निरीक्षणमा रहेका थिए ।
काठमाडौँ महानगरपालिकाले ५ वटा ब्रुमर मार्फत काठमाडौँका सडक सफाइ गर्न शुरु गरेको छ । ति ब्रुमर द्वारा भैरहेको सडक सफाई र ब्रुमरको वारेमा सो अवसरमा जानकारी लिदै मुख्यमन्त्री पौडेलले काठमाडौँलाई धुलो मुक्त बनाउन नवीनतम प्रविधिको प्रयोग गरेकोमा काठमाडौँ महानगर पालिकालाई बधाई दिएका थिए ।
प्रदेस नं ३ लाई भौतिक विकासमा सम्पन्न बनाउन बिभिन्न योजना अगाडी सारेका मुख्यमन्त्री पौडेलले विकास र समृद्धिका लागि प्रविधि ,सोच र योजना विच सामन्जस्यता हुनुपर्ने बताएका थिए । काठमाडौँमा ब्रुमर प्रयोगको प्रभावकारिता हेरेर प्रदेस का अन्य सहरमा पनि यो प्रविधि लैजाने उनको भनाइ रहेको छ ।
मुख्यमन्त्री पौडेल सहितको टोलीले बिहिवार राती कालीमाटी सोल्टी मोड र न्युरोडको सडक सफाईको निरीक्षण गरेका थिए ।
बिहिवार काठमाडौँ महानगरपालिका का ५ स्थानमा सफाई गरिएको थियो ।
फोटो सौजन्य: कपन अनलाइन