बाहिरी चक्रपथको जग्गा किनबेचमा रोक लगाउने तयारीमा सरकार


काठमाडौं । सरकारले बाहिरी चक्रपथमा जग्गा किनबेचमा रोक लगाउने तयारी गरेको छ। सरकारले तीन महिनाभित्र डीपीआर तयार गर्ने र पाँच वर्षभित्र आयोजना सम्पन्न हुने गरी बाहिरी चक्रपथ निर्माण गरिरहेको छ। चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘चाइना इनर्जी’ लाई दिने गृहकार्य थालेको छ ।

शहरी विकास मन्त्रालयले बाहिरी चक्रपथमा पर्ने जग्गा रोक्का गरेर ८ आनाभन्दा कममा टुक्रा गर्न र बेचविखनमा रोक लगाउने तयारी थालेको छ ।काठमाडौं, ललितपुुर र भक्तपुर तीनै जिल्लालाई जोड्ने ७२ किलोमिटर लामो बाहिरी चक्रपथ देशको राजधानीको मुहारको फेर्ने आयोजना हो ।

चिनियाँ कम्पनी ‘चाइना इनर्जी’ ले निःशुल्क डीपीआरसहित बाहिरी चक्रपथको रेखांकन, निर्माण र आर्थिक स्रोत जुटाउने प्रतिबद्दता जनाएको छ।

चिनियाँ कम्पनीलाई बाहिरी चक्रपथको डीपीआर तयार पार्ने जिम्मा दिने गृहकार्य सरकारले अघि बढाएको छ । यसअघि नै डीपीआर बनाउने जिम्मा पाएको सो कम्पनीको आशयपत्र शहरी विकास मन्त्रालय हुँदै अहिले अर्थ मन्त्रालयमा पुगिसकेको छ । अर्को मन्त्रिपरिषद बैठकमा सो प्रस्ताव पारित हुने सम्भावना छ ।

नेपाल सरकार आफैंंले लगानी गरेर बाहिरी चक्रपथ निर्माण गर्ने अवस्था नरेहकाले चिनियाँ कम्पनीलाई ईपीसीएफ मोडलमा निर्माण गर्न दिने गरी सरकारले तयारी गरिरहेको शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताएका छन् । यो आयोजना बनाउन हाल तयार भएको डीपीआरमै आधारित भएर नयाँ डीपीआर र रेखांकन हुने उपत्यका विकास प्राधिकरणले जनाएको छ ।


Comments

comments