ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)को मोटरसाइकल र्याली सम्पन

483

चन्द्रागिरी,

बिश्व रक्तदान दिबस समारोह २०१९ को उपलक्ष्यमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) चन्द्रागिरी नगर समितिको आयोजनामा भएको रक्तदान जनचेतना मोटरसाइकल र्याली चन्द्रागिरी नगरका विभिन्न स्थानहरुमा परिक्रम गरिएको छ । तीनथानाबाट  सुभारम्भ भएको उक्त र्याली तोखेल, मछेगाउँ, सतुंगल, गुर्जुधारा, किसिपिदी, बालागा, चेकपोस्ट, चन्द्रागिरी हिल्स स्टेसन, थानकोट हुदै श्रीजना चोक चुन देवी बलम्बुमा समापन गरिएको थियो।

उक्त मोटरसाइकल र्यालीको उद्घाटन च.न.पा का प्रमुख घनश्याम गिरिले गर्नु भएको थियो। कार्यक्रममा बोल्दै गिरिले ब्लोदानले गरेको कार्यहरु स्धानिय रहेको साथै रगत दान जस्तो मानबिय सेवा भावमा लागि परेको ब्यक्तिहरुलाई धन्यवाद एबं आभार प्रकट गर्दै यस्ता कार्यहरुको निरन्तरताको कामना र सहयोग गर्न तयार रहेको कुरा जानकारी दिनुभयो। र्यालीमा च.न.पा का वडा १५ का वडा अधक्ष्य उतम बहदुर राउत र बिभिन् संघ / सस्था क्लबका प्रधिनितीहरुको सहभागीता रहेको थियो।

ब्लोदानका अद्क्ष्य सानुबाबु प्रजापतिले उक्त कार्यक्रममा मोटरसाइकल र्याली र सप्ताहव्यापी कार्यक्रमबाटै प्रस्ट पार्नु भएको थियो।