भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद तीन महिना थप

काठमाडौं । भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद तीन महिना थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो।



jibss

सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएको भन्दै म्याद थप गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

असार मसान्तसम्म सम्पूर्ण भूकम्पपीडितलार्इ अनुदान रकम उपलब्ध गराउन निर्देशन दिँदै समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको बताए। अनुदान वितरणमा आइपर्ने अड्चन तुरुन्तै फुकाइने समेत प्रधानमन्त्री ओलीले बताएका छन्।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसालले भूकम्प पीडितका एक लाख १४ घर बनिसकेको जानकारी गराएका छन्। ३ लाख ९० हजार घरहरु निर्माणाधीन निर्माणाधिन अवस्थामा रहेको बताउँदै भुसालले अहिलेकै गतिमा निर्माण प्रक्रिया जारी रहे आगामी असारसम्म ४ लाख ५० हजार घरको निर्माण सकिने र प्राधिकरणको लक्ष्य पूरा हुने बताए।

बैठकले कार्यविधिलाई संशोधन गरेर अनुदान वितरण प्रक्रियालाई सहज बनाउने निर्णय समेत गरेको छ।