
विश्व भरी फैली रहेको कोभिड – १९ संक्रमणको महामारीलाई रोकथाम तथा नियंत्रणको लागि महामारीको अवधि भरी चन्द्रागिरी नगरपालिका र भेहिकल एकेडमी एण्ड रिसर्च सेन्टर प्रा . लिको सहकार्यमा चन्द्रागिरी नगरबसीको लागि २४ सै घण्टा निशुल्क नन कोभिड गाड़ी सुविधा संचालनमा लाएको हो ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विषम परिस्थितिमा चन्द्रागिरिमा बसोवास गर्ने नन कोभिड, दीर्घ रोगी लगायत बिरामीहरुलाई नि:शुल्क सवारी साधन हस्पिटल जान र आउनको लागि सन्चालनमा ल्याएको हो। विश्वभरि फैलिदै गरएको नयाँ भेरीयन्ट सहितको कोभिड १९ को महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि महामारीको अवधिभर गर्भवती सुत्केरी दिर्घ रोगि डायलोसिस गर्नुपर्ने बिरामीहरु लगायत अन्य नन कोभिड बिरामीहरुलाई चन्द्रागिरी नगरपालिका र भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा निम्न सवारी साधनहरु काठमाडौं उपत्यका भर २४ सै घण्टा निशुल्क संचालन गरिएको छ ।