
रोशन दानी,
काठमाडौँ, १८ असार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्दको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने बताएका छन ।
चन्द्रागिरिमा ९५ औं गिरिजा प्रसाद कोईराला जन्म जयन्तीको अवसरमा नेपाल ट्रेड युनियन नेपाली काँग्रेस जिल्ला समिति काठमाण्डौैका आयोजनामा ‘ गिरिजा प्रसाद ट्रेड युनियन र वर्तमान परिस्थितिमा हाम्रो भुमिका ’ विषयक विचार गोष्ठीमा उनले भ्रष्टाचार अन्त्यको लागि राजनीतिक दल नै लाग्नुपर्ने बताएका हुन ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार डरपोक सरकारको संज्ञा दिएका दिए ।उनले जनताको जनभावना दवाउदै कालो झण्डा देखाउलानकी भने डर पैदा भएको कारण वर्तमान सरकार डरपोक सरकारको संज्ञा दिएका हुन ।
नेता सिंहले विस २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन स्वर्गीय गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “नेपाली काग्रेसकै नेतृत्व सक्षम नरहेको कारण पाटी संस्थागत रुपमा अगाडी वढ्न नसकेको आरोप लगाए । उनले भने पाटी विधि संम्बत र अनुशासित तवरवाट नेतृत्व पक्ष वाट नसुधारे सम्म पाटी सोचे अनुरुप अगाडी वढ्न सक्दैन । ”नेता सिंहले भने । उनले गिरिजा प्रसाद कोईराला जननेता मात्र नभई शान्ती प्रकृयामा उहाँको देन नेपाली मन मनमा रहेको स्मिरण गर्दे म्यान अफ द एक्सन नेताको रुपमा रहेको चर्चा गरे । नेता सिंहले मजुदुरहरुको अधिकार ,हक हितका लागि स्वर्गिय गिरिजा प्रसाद कोईरालले पुयाएको योग्दानको जति चर्चा गरेपनि नसकिने वताए ।
कार्यक्रममा चन्द्रागिरि नगर पालिका नगर प्रमुख घनश्याम गिरीले प्रजातान्त्रिक प्रक्रियालाई टिकाएर राख्न गिरिजा प्रसाद कोईरालाको महत्वपूर्ण भूमिका रहेको बताए । “गिरिजा प्रसाद कोईराला लोकतन्त्रका लागि बढी चिन्तन गर्ने र त्यसको संरक्षणका लागि लागिपर्ने व्यक्ति हुनुहुन्थ्यो,”–उनले भने ।
नेपाल ट्रेड युनियन नेपाली काँग्रेसका राष्ट्रिय सचिव योगेन्द्र कुवँरले गिरिजा प्रसाद कोईरालाको मार्गदर्शन अनुरुप सवै पेशाकर्मिहरुको पेशागत हंक अधिकारका लागि एकता बद्ध रुपम अगाडी वढ्नु पर्नेमा जोड दिए ।उनले मुलुकको आर्थिक विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु जरुरी रहेको बताए । लोकतन्त्र बलियो भएमात्र मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्न सक्ने उनको भनाई छ ।