श्री साइ उद्यम उद्घाटन

967

चन्द्रागिरी, चन्द्रागिरीका एक प्रतिष्ठित व्यवसायीले २५०० फित क्षेत्रफलमा चन्द्रागिरी नगरपालिका वडा ११ सतुंगल स्तिथ श्री साइ उद्यम सञ्चालनमा ल्याएका छन् ।

जेष्ठ ३२ गते सनिबारबाट श्री साइ उद्यमले सेवा सुरु गरेको हो । चन्द्रागिरीका सताब्दी पण्डित पर्शुराम पन्थीले एक कार्यक्रमकाबीच उद्यमको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै सताब्दी पण्डित पर्शुराम पन्थीले आफ्नो नातीले सञ्चालनमा ल्याएको उद्यमको उद्घाटन गर्न पाउँदा आफु हर्षित र गौरवान्वित भएको बताउनुभयो। नया स्थानमा नयाँ व्यवस्थापनका साथ व्यवसाय संचालनमा ल्याइएको उद्यमका सञ्चालक जग्दिस पन्थीले बताए । गुणस्तरीय र सुलव मूल्यमा सामग्री खरिद बिक्री गरिने सञ्चालक पन्थीले बताए । साथै सम्पूर्ण सामानहरु एउटै  छानामुनि प्राप्त गर्न सकिने   जानकार ी दिनुभयो  ।