सडक मर्मतको असरले नौबिसे-नागढुंगा सडक घण्टौं लामो जाम

599
Nagdhunga
फाइल तस्बिर।

काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धेरै दिन टिक्दैन । अत्यधिक सवारी चापले मर्मत गरेको महिना दिनमै सडक जीर्ण हुन थाल्छ । हरेक वर्ष चाडपर्व लक्षित गर्दै हतारमा टालटुल गरिँदै आएको छ ।

नौबिसे–नागढुंगा सडक टालटुल पार्ने कामले यतिखेर यात्रुहरुले सास्ती पाएका छन् ।

नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा पाएको चितवनस्थित जीएमआर कन्स्ट्रक्सनले गत असार मसान्तमै बिग्रेको सडक मर्मत गरिसक्नुपर्ने भएपनि दशैँको मुखैमा काम गर्दा गत वर्षहरु जस्तै यस वर्ष पनि यात्रु तथा चालकहरुले घन्टौँ जाममा बस्नुपर्ने बाद्यताका कारण दुख पाएका छन् ।