सरकार आजदेखि लकडाउन उल्लंघन गर्नेमाथि थप आक्रमक ,६ महिनासम्म कैद हुने

343

४ वैशाख काठमाडौं । सरकारले लकडाउन उल्लंघन गर्नेमाथि आजबाट थप आक्रमक भएकाे छ ।

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्स्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडाई गर्ने थप आक्रमक भएको हो ।

संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेपछि प्रहरी र स्थानिय तह सम्म कार्यान्वयनमा ल्याउने निर्देशन समेत जारी भएकाे छ ।

ऐन अनुसार संक्रमण रोग नियन्त्रणमा बाधा पुर्‍याउनेलाई १ महिनासम्म कैददेखि सय रुपैयाँ जरिवानाको व्यवस्था छ भने अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सयसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यस्तै समितिले संयुक्त राष्ट्र संघ अन्तर्गत अफगानिस्तानमा रहि काम गर्दै आएका नेपाली नागरिकहरुलाई उद्धार गर्ने भएको छ । संयुक्त राष्ट्र संघको विशेष अनुरोध अनुसार उपयुक्त पद्दतिबाट उद्धार गर्ने निर्णय गरेको छ ।

बैठकले वीरगञ्ज स्थित नारायणी प्रादेशिक अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा विकास गर्ने र आवश्यक उपकरणहरु थप गर्ने निर्णय पनि गरेको छ । यसबाहेक त्रिभुवन विश्व विद्यालयमा रहेको एक थान पीसीआर मेसिन प्रदेश २ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले औषधि र स्वास्थ्य सामग्री एवं उपकरणहरुको आयातको क्रममा निजी क्षेत्रबाट आयात गर्ने कुरालाई सहजिकरण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रायल मातहतको निकायबाट खरिद गर्ने प्रकृयालाई निरन्तरता दिने, सरकार सरकार बीचको प्रकृयाबाट ल्याउने कार्यलाई पनि अगाडि बढाउने निर्णय गरेको छ ।

यसैबी सरकारले आज मात्रै लकडाउन उल्लंघन गर्ने ३ हजार बढीलाई कारवाही गरेको छ । जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्न सुरु गरेको हो ।

लकडाउनको पालना नगर्ने ३ हजारलाई कारवाहीस्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको छ । खासगरी बिहान बेलुका तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरु सडकमा आउने प्रवृत्ति बढेपछि प्रहरीले यस्तो अभियान थालेको हो ।

उपत्यकाका मुख्य मुख्य चोक थानकोट,कोटेश्वर, जडिबुटी, जगाती, बल्खु, बानेश्वर, कालिमाटी, कलंकी, गौशाला, चाबहिल लगायतबाट लकडाउन उलंघन गर्ने समातिएका हुन् ।
यसै बिच चन्द्रागिरि नगरपालिका र महानगरीय बृत थानकोटले लकडाउनकाे उलङघन गरेवापत १ सय देखि १ हजार सम्म जरिवाना सहित हाेल्ड गर्दै अाएकाे छ भने स्थानीय तहले फरक फरक नियम बनाएर कारबाही गर्दै आईरहेका छन् ।

अन्य दिनमा दिनभरमा हजारदेखि १५ सय समातिने गरेका थिए । उपत्यकामा अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।