सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पताल कोरोनाबाट थप एक जनाको मृत्यु

९ भदौ, काठमाडौं । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार काठमाडौं बसन्तपुर घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सशस्त्र प्रहरी अस्पताल बलम्वुका प्रबक्ता डा. प्रविण नेपालले
मृतक निमोनियाबाट समेत ग्रसित रहेको बताए ।
मृतक पुरूष साउन २९ गते संक्रमित भए पछि ३१ गते स्टार हस्पिटलबाट थप उपचारका लागि सशस्त्र प्रहरी अस्पतालमा भ्यान्डिलेटरमा राखेर उपचार गरिएकाे थियाे ।
योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ संक्रमित भेटिएका छन् । तीमध्ये १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।