सुरुङमार्ग हाम्रो चाहाँना थियो काग्रेस नेता लेखक

रोशन दानी,
५ कात्तिक काठमाण्डौ : नेपाली काग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले दहचोक सिस्नेखोला सुरुङमार्ग बनाउने लक्ष्य बतमार्न सरकारले ३ वर्ष पछि कार्यान्वयनमा ल्याएको बताएका छन् ।

नेपालको पहिलो शुरुङ मार्ग दहचोक टर्नेल निर्माण गर्न २२ डिसेम्बर २०१६ (२०७३ पौष ७ गते )मा नेपाल सरकार र जापान सरकार बिच तत्कालीन उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरा र भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको समुपस्थितिमा हस्ताक्षर भएको थियो ।

करीव ३ बर्ष पछि आज २०७६ कार्तिक ४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट टर्नेलको शिलान्यास भएको हो ।

पुर्व मन्त्री रमेश लेखकलले आफु सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्री हुदा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगका लागि पहल गरेको बताए । नेता लेखले भने, ‘‘३ वर्ष पछि सरकारले आफ्नो सोच अनुसारको काम कार्यान्वयनमा ल्याएको छ यो खुशीको विषय पनि हो ।”

यस आयोजनामा काठमाण्डौ तर्फको मूवाब्जा बितरण र सहजीकरण गर्ने कार्यमा चन्द्रागिरी नगर प्रमूख घनश्याम गिरी र नगरपालिकको संपूर्ण टिमको महत्वपूर्ण भूमिका निर्भाहा गरेका थिए ।