
होली पर्वलाई लक्षित गर्दै काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागु गरेको छ ।
बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधिविरुद्ध विशेष सुरक्षा योजना लागू गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ ।
काठमाडौं प्रहरी परिसरले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार हालसम्म यस वर्षको होलीमा सार्वजनिक कार्यक्रम आयोजना लागि २७ वटा समूहले अनुमति लिएका छन् ।
असत्यमाथि सत्यको जित भएको अवसरमा एकआपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।