
चन्द्रागिरि ।
बाग्मतीका अञ्चल पेट्रोल व्यवसायीहरूले पेट्रोलमा हुँदै आएको प्राविधिक नोक्सानी पुरै पाउनुपर्ने माग राख्दै आन्दोलन गर्ने धम्की दिएपछि एक सातामै दोब्बर इन्धन खपत भएको छ । नेपाल आयल निगम थानकोटका अनुसार बाग्मती पेट्रोलियम एसोसिएनले आन्दोलनको धम्की दिएपछि आम भोक्तामा फैलिएको त्रासका कारण आइतबारदेखि शुक्रबारसम्म दोब्बरले इन्धनको खपत बढेको हो ।
नेपाल आयल निगम थानकोट डिपो प्रमुख नेत्रप्रसाद काप्mलेले गत मंगलबारयता इन्धनको माग ह्वात्तै बढेको बताए । उनले मंगलबार, बुधबार र बिहीबारको तुलनामा आइतबार र शुक्रबार इन्धनको माग केही कम रहेको पनि स्पष्ट पारे । सामान्य आवस्थामा साढे ४ लाख लिटर देखि ५ लाख लिटरसम्म पेट्रोल तथा डिजलको माग आउने गरे पनि व्यवसायीले दिएको आन्दोलनको धम्कीपछि ९ लाख लिटरसम्म माग आएको उनले बताए ।
अझ यो सिजन अफ सिजन भएकाले इन्धनको माग कम आउनु पर्नेमा आन्दोलनको त्रासका कारण मात्रै उपभोक्ताले मौज्दात राख्न थालेकाले माग बढ्न गएको उनको भनाइ छ । ‘पेट्रोलका लागि यो अफ सिजन हो ।
दिन पेट्रोल लिटरमा डिजल लिटरमा
आइतबार ७,२५,००० ७,५०,०००
सोमबार बिदा
मंगलबार ९,००,००० १०,००,०००
बुधबार ६,५०,००० ८,०००००
बिहीबार ७,५०,००० ७,५०,०००
शुक्रबार ५,२५,००० ८,५०,०००
स्रोत : नेपाल आयल निगम थानकोट डिपो
मनसुन सुरु भएपछि पेट्रोलको माग प्रायः ४ लाख लिटरभन्दा बढी नजानुपर्ने हो । तर, व्यवसायीको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि गत मंगलबार मात्रै ९ लाख लिटर पेट्रोल र १० लाख लिटर डिजल बजारमा पठाएका छौं,’ उनले भने ।
सोमबार सार्वजनिक बिदा भएकाले इन्धन बजारमा नपठाएको र मंगलबारयता बिहीबारसम्म निगमले दोब्बरभन्दा बढी इन्धन बजारमा पठाएको आयल निगम थानकोट डिपो प्रमुख काप्mलेको भनाइ छ ।आन्दोलनको कारण व्यवसायीले पनि लुकाउने गरेको आन्दोलनकै त्रासका कारण उपभोक्ताले मौज्दात राख्ने गरेकोले यो एक सातामा इन्धनको माग बढेको उनको भनाइ छ ।
यसैबीच आन्दोलन घोषणा गरेका बाग्मती पेट्रोलियम एसोसियन र नेपाल आयल निगमबीच पुनः आज (शनिबार) वार्ता हुने भएको छ । गत बिहीबार भएको वार्ता केही सकारात्मक भए पनि निष्कर्ष निस्कन नसेकाले पुनः शनिबार वार्ता हुने आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए । उनले नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको र सो समितिले दिएको प्रतिवेदनको आधारमा व्यवसायीको माग पूरा गरिने उनले बताए ।
बाग्मती पेट्रोल एसोसियनले डिपोबाट ट्यांकर हुँदै पम्पमा खन्याउँदासमम हुने प्राविधिक नोक्सानी १२ हजार लिटरको ट्यांकरमा २ सय ५२ लिटरसम्म क्षति पाउनुपर्ने माग राख्दै गत शनिबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
निगमले माग पूरा नगरे आगामी २० असारदेखि इन्धनको बिक्री नै ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् । बिहीबार भएको व्यवसायी र निगमबीचको वार्ता केही सकारात्मक भएकाले शुक्रबार इन्धनको मागमा कमी आएको थानकोट डिपो प्रमुख काफ्लेको भनाइ छ ।