आईतवार देखि कंलकीमा जथाभावी सवारी साधन रोक्न नपाईने

कलंकी चोकमा जाम वढे पछि ट्राफिक प्रहरीले सवारी साधनलाई व्यवस्थित वनाउन नयाँ कार्ययोजना ल्याएको छ ।
महानगरी ट्राफिक प्रहरी प्रभाग कंलकीको आयोजना भएको कंलकीका ट्राफिक व्यवस्थापन सम्वन्धी एक दिने कार्यक्रममा वोल्दै ट्राफिक प्रहरी महासाखाका प्रमुख बसन्त कुमार पन्थले यात्रुहरुको सहजताका लागि नयाँ कार्ययोजना ल्याएको वताएका हुन ।
महासाखाका प्रमुख पन्थका अनुसार थानकोट देखि कंलकी चोक वाट १०० मिटर माथी कंलकी मन्द्रिरमा मात्र सवरी साधनले यात्रुहरु औराल्ने र झार्ने गर्न पाउनेछन । त्यस्तै सोल्टीमोड वाट आएका यात्रुवाहक सवारी साधनहरु खड्कुलेको पुलमा रोक्नु पर्ने छ भने सितापाईला वाट आएको सवारी साधनलाई कंकली खशी वजार र खशी वजार वाट सितापाइर्ला तर्फ आईरहेको सव।री साधनले मकालु नजिकैको स्थान कायम गरिएको बताए ।

कलंकी चोकमा बनेको अन्डरपासका कारण पनि त्यहाँ जाम घट्न नसकेकपछि नयाँ व्यवस्था कायम गरेको हो । आईतवार वाट लागु हुने गरि कार्ययोजना ल्याएको ट्राफिक प्रहरी महासाखाले वताएको छ । काठमाडौंबाट छुट्ने सवारी साधनमा कलंकी चोकबाटै यात्रु चढ्ने र ओर्लने गरेकाले त्यहाँको ट्राफिक थप अस्तव्यस्त बनेको कारण अव ढुङगेअड्डा वाट मात्र यात्रु चडाउने व्यवस्था गरिएको हो ।

राजधानी भित्रने सवारी साधनको हकमा मकालु पेट्रोल पम्म वाफल पुल नजकि यात्रुहरु औराल्न पाउँने व्यवस्था गरीएको छ । नयाँ बसपार्कबाट विभिन्न गन्तव्यका लागि छुटेर कलंकी चोकबाट यात्रु चढाउन रोकिने बस र माइक्रोबसको घुइँचोका कारण जाम हुने गरेको पाइएको छ । यात्रुलाई काठमाडौंका अन्य स्थानसम्म पुग्नका लागि नयाँ बसपार्कबाटभन्दा कलंकीबाट छिटो हुने भएकाले यात्रुहरु कलंकीमै उत्रिने गरेको कारण पनि जाम भएको स्थानियहरु वताउँछन ।

ट्राफिक प्रहरीले टिकट काउन्टरलाई व्यवस्थित गर्न पनि टिकट काउन्टरहरुको सुची वनाउने भएको छ । सडक किनारमै रहेका यस्ता टिकट काउन्टरले यात्रुलाई नयाँ बसपार्क पुगिरहनु नपर्ने भए पनि सडक दुर्घटना र ट्राफिक जामको समस्या थपेको छ,” महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक केशवराज भट्टले बताए । “ राजधानीको मुख्य प्वाईन्ट भएका कारण देशका विभिन्न स्थानहरुवाट आउने यात्रुहरुको चापले गर्दा कलंकी चोकको यातायात आवागमन चुस्त राख्न धेरै चुनौती छ ।”

दैनिक ४ हजार देखि ५ हजारसम्म यात्रुबाहक सवारी साधन काठमाडौं भित्रिने र बाहिरिने निरीक्षक भट्टले जानकारी दिए । सडक किनारमा बस र माइक्रोबसका करिब २० भन्दा वढि व टिकट काउन्टरहरु सञ्चालनमा रहेको कारण पनि जाँम समस्या भएको जानकारहरु वताउँछन् । कंलकी काउण्टर वाट लामो दुरीका टिकट काठेका यात्रुहरुले सिधै ढुङगेअड्डा पुगेपछि मात्र सवारी साधन चढ्नु पर्ने छ । यसले गर्दा कहि हद सम्म ट्राफिक व्यवस्थापनमा सहज आउने महानगरी ट्राफिक प्रहरी कंलकीका प्रमुख केशव राज भट्टले वताए ।

कार्यक्रमा वोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सञ्चालन भएका बस टिकट काउन्टरलाई व्यवस्थित गर्ने विभागको योजना रहेको बताए । महानिर्देशक दाहालल भने “काठमाडौंका विभिन्न स्थानमा अव्यवस्थित रुपले सञ्चालन हुँदै आएका बस टिकट काउन्टरको अध्ययन गरी यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी र हामी चाँडै पहल गर्नेछौं,” यातायात व्यस्थापनमा सहज र सरलिकरया गर्न आफुहरु तयार रहेको वताउँदै उनले अण्डर पास भित्र सिसिटिभी समेत जडान गरिने वताए ।

कार्यक्रमा बोल्दै कामनपा १४ का वडा अध्यक्ष सोभा साप्कोटाले पछिल्लो समय प्रशासनले अतिक्रमित क्षेत्रलाई खाली गर्न सक्रियता दिईरहेको र सडकमै पसल थाप्ने, सडक मिच्ने कार्यले ट्राफिक व्यवस्थापनमा असहज उत्पन्न हुँदै आएकोको प्रति वडा स्तिर वाट ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन तर्फ जाने काम सरु गरिसकेो वताईन ।

६ वटा निर्णय

उपत्यकाको चक्रपथभित्रको ट्राफिक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले हाल कलंकी तथा गौशाला क्षेत्रमा जथाभावी रुपमा राखिएका टिकट काउण्टर ७ दिनभित्र हटाउनेलगायत निर्णय गरेको हो ।

टिकट काउण्टरका कारण लामो दूरीका बसहरु रोकिने, यात्रु चढाउने र ओराल्ने कार्यले ट्राफिक जाम बढेपछि यस्तो निर्णय गरिएको हो । कलंकी क्षेत्रमा चोकमै बसहरु रोक्ने कार्यले सडक निकै अस्तव्यस्त बन्दै आएको थियो । टिकट काउण्टर हटाउने निर्णयसँगै ट्राफिक व्यवस्थापनमा सहजता आउने महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रमुख बसन्त कुमार पन्थले बताए ।

ट्राफिक प्रहरी महासांखा प्रमुखले भने, मुुख्य चोक र बसपकेट बाहेक अन्य स्थानबाट यात्रु चढाउन र ओराल्न पाइनेछैन । बैठकले बसपार्क तथा अन्य स्थानमा नियमअनुसार राखिएका टिकट काउण्टरमा टिकट बिक्री गर्ने व्यक्तिले अनिवार्य रुपमा परिचयपत्र र ड्रेस (पोशाक) लगाउनुपर्ने निर्णयसमेत गरेका छौ ।

टिपरलाई ट्राफिक प्रहरीको पास
भक्तपुर र कलंकी नाकाबाट गुड्ने टिपरलाई अब ट्राफिक प्रहरीले पास दिने भएको छ । मालवाहक टिपरलाई उपत्यका प्रवेश निषेध गरिएकोमा टिपरहरुको प्राविधिक जाँचपास गर्न कठिनाइ हुँदै आएपछि त्यसको पास अब ट्राफिक प्रहरीले नै दिने भएको हो ।