ईट्टा उद्योगमा रहेका कामदारहरुमा बचत गर्ने बानीको थालनी

चन्द्रागिरी नगरपालिका (च.न.पा) वडा नं. ३,९,१२ र १४ स्थित ओम हिमालयन ईट्टा उद्योग, आदिनारायण ईट्टा उद्योग, जय मातृ भुमि ईट्टा उद्योग, ज्योति टायल ईट्टा उद्योग, चुनदेवी ईट्टा उद्योग र बालकुमारी ईट्टा उद्योगमा रहेका विभिन्न कामदाहरुले आ–आफ्ना बालबालिकाहरुका ेनाममा खुत्रुके र नजिकको सहकार्यमा बचत गर्न थालेका छन् ।

बालविकास समाज र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित ईट्टा उद्योगमा रहेका बालबालिकाहरुको उत्थानशीलविकास परियोजना(BRiCKK)को जीविकोपार्जन क्रियाकलापअन्तर्गत माथिउल्लेखित हरेक ईट्टा उद्योगमा ३/३ वटा गरी जम्मा १८ वटा आम्दामी, खर्च र बचत सम्बन्धीअभिमूखीकरण कार्यक्रमहरुसंचालन भैसकेका छन् ।आम्दामी, खर्च र बचतको अभिमूखीकरण कार्यक्रमबाट जम्मा ६१० जना (कामदारहरु) सहभागिभएका छन् ।

हालको तथ्याङ्कअनुसार च.न.पा ९, झुलपोखरीमा स्थित जय मातृ भुमि ईट्टा उद्योगमा काम गर्ने २६ जना अभिभावकहरुले आफ्नो अनूकुलताको आधारमाआ–आफ्ना बालबालिकाहरुको नाममा खुत्रुके बचत गरिरहेका छन् ।न्यूनतम रु ४० देखिअधिकतम रु १५०० सम्मको बचत रहेको छ भने हाल सम्ममा २६ जनाको गरी जम्मा रु ३७७० (अक्षररुपीतीनहजार सात सय सत्तरी रुपियाँमात्र) बचतको रुपमा रहेको छ । त्यस्तै गरी झुलपोखरीमै रहेको ज्योती टायल ईट्टा उद्योगमापनि २३ जनाअभिभावकहरुले खुत्रुके बचत गरिरहेका छन् र हाल सम्ममालगभग रु ४४८४ (अक्षररुपीचार हजार चार सय चौरासी रुपिया)भन्दा बढी जम्मा भैईसकेका छन् । ओम हिमालयन ईट्टा उद्योग, आदिनारायण ईट्टा उद्योग,चुनदेवी ईट्टा उद्योग र बालकुमारी ईट्टा उद्योगमापनि रहेका कामदारहरुले खुत्रुके तथा सहकार्यमा बचत गर्ने बानीबसाली सकेका छन् ।

“पहिले मेरो चुरोटमा धेरै खर्च हुन्थ्यो, दैनिक रुपमा रु ७० को चुरोटखान्थेँ । तर बचत कार्यक्रममा सहभागीभए पछिथाहाभयो कि त्यो त फजुल खर्च पो रहेछ । दैनिक रुपमा रकम थोरै देखिए पनि मासिक रुपमा त्यही रकम धेरै हुने रहेछ र मेरो बच्चाको पढाईको लागि धेरै सहयोग हुने रहेछ”‑ सोम राई., वर्ष २५, जसले यहीकार्यक्रमअन्तर्गत जय मातृ भुमि ईट्टा उद्योगबाट खुत्रुके बचतको सुरुवातगर्नु भएको छ ।

निरन्तर ६ वटा ईट्टा उद्योगमा रहेका कामदारहरुला्ई बालविकास समाजद्वारा सहजीकरण गरे पश्चात उक्त उपलब्धि हासिल गरिएको हो ।