कोरोना भाईरसबारे सचेताना जगाउदै चन्द्रागिरी नगरपालीकाको वडा कार्यालय

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र रोकथामकालागी चन्द्रागिरी नगरपालिका वडा न ८ ले सचेतना मुलक अभियान संचालनमा ल्याएको छ ।

अभियान अन्र्तगत वडाकार्यालयले विभिन्न ३ स्थानमा भाइरस नियन्त्रणका लागी हातधुने सामाग्री साबुन पानी सहितको सामाग्री वितरण गरेको छ । वडाले विभिन्न २० ठाउमा यस्ता चेतनामुलक सामाग्री राख्ने योजना बनाएको चन्द्रागिरी नगरपालीका वडा ८ का वडाअध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् ।

यो विशेष अभियान अन्र्तगत हाललाई चन्द्रागिरी नगरपालीकाको कार्यालय प्राङगण, महानगरीय प्रहरी वृत थानकोट र वडा न ८ मा स्थापना गरि सुरुवात गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोना महामारीकाबारेमा यस्ता चेतनामुलक कार्यक्रम र सामाग्री वितरण गरिरहदा स्थानीई निक्कै सुखी भएको र यस सम्बन्धी चेतना प्रदान गरेकोमा वडा कार्यालयलाई स्थानीय र सेवाग्राहीले धन्यवाद समेत दिएका थिए ।

हाम्रो समाजमा यस्ता चेतनामुलक कार्यलाई विस्तार गरिदै लगीने र रोगकाबारेमा चेतनामुलक जानकारी फैलाई यसबाट बन्चे उपाउहरुको बारेमा फ्लेक्समार्फत तथा मौखीक जानकारी गराईने लक्ष्य रहेको चन्द्रागीरी नगरपालीका वडा न ८ का वडाअध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन। सेवाग्राहीहरुको भिडभाड अत्याधिक हुने यस्ता सरकारी निकायहरुमा जानकारी प्रदान गरि सावधानी अपनाउने बारे जानकारी गराउन पाउनदा निक्कै खुसी भएको समेत खड्काले बताएका छन् ।

रोगलागे पछि भन्दा पनी रोग लाग्नै नदिन विभिन्न सावधानी अपनाउनु आजको आवश्यकता रहेको समेत खड्काले बताएकाछन् । चिनको वुहानबाट फैलीएको कोरोना भाईरसको महामारी १६१ देशमा फैलीसकेको र हालसम्म ९हजारले ज्यान गुमाईसकेको अवश्था रहेको छ ।

विश्वमा आक्रामक रुपमा फैलीएको कोरोना भाईरसलाई लीएका विश्व स्वास्थ्य संगठनले अबयो रोग पूर्वी एशियाको देशमा फैलन सक्ने भन्दै चतावनी समेत जारीगरीसकेको छ । नेपालमा हालसम्म एकजनामा यो रोग देखा परेको र उत्तव्यत्ती अहिले निको भैसकेको समेत उल्लेख गरिएको छ । रोगलाई लीएर आत्तीनुपर्ने अवश्था नरहेपनी सावधानी अपनाउन निक्कै जरुरी रहेको देखीएको छ ।