चन्द्रागिरि नगरपालिकामा लक डाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने व्यक्ति नियन्त्रणमा

चन्द्रागिरि नगरपालिका वडा न १२ गुर्जुधारास्थित चेकजाँच गर्ने क्रममा थानकोट देखि कलंकि तर्फ गई रहेको बा ३८ प ९१४७ नम्बरको मोटरसाईकलमा घरेलु मदिरा २२ लिटर ओसारपसार गरीरहेको अवस्थामा मो.सा चालक जिल्ला ललितपुर सानेपा २ घर भई हाल का.जि.च.न.पा.वडा नं. १० सतुंगल बस्ने वर्ष ४० को सुनिल महर्जनलाई पक्राउ गरीएको छ ।

प्रारम्भिक सोधपुछको क्रममा निज महर्जन च.न.पा-११ सिप्रदिस्थित मुस्कान खाजा घरका संचालक समेत रहेको खुलेको छ । निज सुनिल महर्जन तथा बरामद भएको मो.सा र घरेलु मदिरा आवश्यक कानूनी कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय, कलंकी पठाईएको महानगरीय प्रहरी वृत्त थानकोटका डी.एस.पी घनश्याम श्रेष्ठले बताउनु भयो।