चन्द्रागिरि नगरपालिकामा लकडाउन उल्लंघन गर्ने १ हजार ६२२ जना प्रहरीको नियन्त्रणमा



काठमाडौं ।  महानगरीय प्रहरी बृत्त थानकोटले लक डाउन तोड्नेलाई नियन्त्रणमा लिइरहेको छ । चन्द्रागिरि नगरपालिकाको विभिन्न ठाउँबाट गरी १८० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अहिले सम्मको लक डाउन तोड्नेकाे संख्या १६२२ पुगेको छ। यसैगरी ९५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार शान्ति सुरक्षा सामान्य रहेको बताए।

सरकारले चैत ११ देखि चैत २५ गतेसम्म लकडाउन गरेको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले दुई घण्टा नियन्त्रणमा लिइ छाडेको छ।

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर सम्पूर्ण देशको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि उनले सबैलाई आग्रह समेत गरे।