चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य कर्मीको बीमा र अन्य आवश्यकता को व्यवस्था गराउने

चन्द्रागिरि नगरपालिकामा आज नगर प्रमुख, उप प्रमुख, नगर प्रवक्ता, वडाध्यक्षहरु तथा नगरपालिका मातहतका स्वास्थ्य चौकी र अस्पतालका प्रमुखहरु बीच आपत्कालिन बैठक सम्पन्न भएको छ ।

बैठकले नाकामा रहेको स्वास्थ्य सहायता कक्षलाई निरन्तरता दिने, सम्पुर्ण स्वास्थ्य कर्मीको बीमा नगरपालिकाले गराउने, स्वास्थ्य कर्मीलाई आवश्यकता अनुसार आवास भोजन र सवारीको व्यवस्था गराउने,PPE र अन्य आवश्यक औषधिको तुरुन्त व्यवस्था गराउने र अन्य निर्णयहरु भएको हो। नगरबासीको स्वास्थ्य सेवाको निरन्तरताको लागि नगरले विशेष व्यवस्था गर्नेछ।

नगरपालिकाले वडा मार्फ़त बिदेशबाट फर्किएकाको विवरण धमाधम आइरहेको र आवश्यक कारबाही तुरुन्त अगाडी बढाउने र नगरपालिका मार्फत मन्त्रालयलाई निम्न स्तर तथा अत्यावश्यक वर्गको विवरण वडाले टिपाएर सम्बन्धित निकायमा पठाउन कदम बढाउने भएको छ।

फोटो सोजन्य: भुवन गिरि