चन्द्रागिरि-२ मा BLACK POUND प्रजातीको कछुवा ६ (छ) वटा सहित भारतीय नागरिक प्रकाउ

महानगरीय प्रहरी बृत्त थानकोटले अवैध रुपमा कछुवा ओसारपसार तथा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटकाे टोलीले ६ वटा कछुवासहित भारत, पटनाका बर्ष २३ को फैजल आलमलाई पक्राउ गरेको हो ।

चन्द्रागिरि न.पा वडा नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा बिरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना १ ज ७०१४ नम्बरको टाटा सुमो गाडीमा यात्र गरी आएका थिए। उनलाई खानतलासी गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई गरी लिई अएको अवस्थामा BLACK POUND प्रजातीको कछुवा ६(छ) वटा  फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ आलमलाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय हात्तिसार काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।