नागढुङ्गाबाट लाेडेट ट्रक नाे इन्ट्री सहजिकरणकाे प्रयास

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै ट्रक चालक काठमाडौँ र धादिङको सिमानामा अलपत्र परेका छन् । काठमाडौँ भक्तपुर, ललितपुर, जिल्लाले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेपछि मालवाहक ट्रक नाकामै नै अलपत्र परेका हुन् ।

अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडालगायतका ढुवानीका सवारीलाई नागढुङ्गा नाकामा रोकेपछि अलपत्रमा परेको र सहजीकरणका लागि पहल भइरहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले बताए ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले अलपत्र परेका मालबाहक सवारीलाई सहज बनाउन कुरा भइरहेको र निर्देशन प्राप्त हुनासाथ सहजिकरण गर्ने बताए । नौविसे–नागढुङ्गा अन्तरगत त्रिभुवन राजपथको सडक दायाँबायाँमा रहेका ५ सयभन्दा बढी ट्रक पार्किङ्ग गरेर बसेका छन् । मगंलबारदेखि सामाग्री लोड गरेपछि उपत्यकाकामा बुधवारदेखि निषेधाज्ञा जारी गरेपछि मालवाहक ट्रक नाकामै नै अलपत्र परेका हुन् ।

अलपत्र परेपछि पसल समेत बन्दका कारण चाउचाउ र बिस्कुटको भरमा चालकहरू बसिरहेका छन् । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर वुढाले सहजिकरण गर्न पहल भइरहेको र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहजीकरण गर्न काम भइरहेको जानकारी दिए ।