पानी खान पाउनु पर्ने भन्दै गाग्रो र बोटल सहित नगरपालिका घेराउ

रोशन दानी,

खानेपानी नदिएको भन्दै चन्द्रागिरी नगपालिका वडा नम्बर १० का स्थानीयले नगरपालिकामा दवाव दिएका छन् ।
सिंच्चा फाट नमुना बस्ती सुधार समितिले वडा नम्बर ८ संग एक बर्ष पहिले खानेपानीको लागि समझौता गरिएको भएता पनि पानी नपाएको स्थानीयहरुको गुनासो छ ।

पानीको वैज्ञानिक व्यवस्थापन लागु गर, पानी वेच्न पाईदैन ,पानीमा राजनिति बन्द गर, नागरिक बिभेद बन्द गर, स्थानिय सरकार पानी दे, प्राकृतिक श्रोत सवैको समान हो भन्दै पानीका ग्रागी, जर्किन,वोतल लिएर स्थानियहरुले चन्द्रागिरी नगरपालिकामा प्रर्दशन गरेका हुन ।

चन्द्रागिरी नगपालिका वडा नम्बर १० का वासिन्दाले वर्षै देखि खानेपानीको समस्या भोग्दै आएका छन् । एक वर्ष अघि स्थानिय वासीले वडा नम्वर ८ चन्द्रागिरी नगर पालिका संग सम्झौता गरेका थिए ।

एकिकृत खानेपानी मातातिर्थ (चन्द्रागिरी नगर विकास तथा निमार्ण समाज ) संग संमन्वय गररे त्यहाको पानी ल्याउने समझौता गरेको थियो तर पानी ल्याउन लाग्दा मातातिर्थ गाउँ विकास सुधार समाजले आफर्नै वडामा पानी नपुगेको भन्दै अवरोध गरेका हुन । तर समाजले पानी अनतै पानी वेचेर पानी नदिएको स्थानियले वताए ।

पानी आउने सम्भौता भए पछि घरघर पाईप विछाएर राज्य र स्थानियको पचास लाख भन्दा वढी रकम खर्च भईसकेको स्थानियले वताए । पानीका लागि पटक पटक जादा पनि

चन्द्रागिरी नगर विकास तथा निमार्ण समाजले पानी नदिए पछि आफुहरु आन्दोलन गर्नु परेको उनीहरुले वताए ।स्थानिय सरकारले नागरिकहरु लाई पानी खाने अधिकार वाट समेत बञ्चित गरेको उनीहरुले आरोप लगाएका छन् ।

चन्द्रागिरी नगपालिका वडा नम्बर ८ ले तैनाथ नैकाप संतुगल लगाएत ठाउँहरुमा पानी वितरण गर्दे आएको छ । वडा नम्वर ८ का वडा अध्यक्ष सन्तोस खड्काले चन्द्रागिरीको विकास सवैका लागि हुने हुदा सवैको पानी खाने अधिकारका लागि आफु लडेको वताए । पानी माथी राजनिति गर्ने परिपाटी बन्द हुनु पर्ने उनको भनाई थियो ।

पानीमा व्याप्त राजनिति भएकै कारण वडा नम्वर ८ का केहि स्थानियहरुले मुहानमा पाइप ल्याएर जोडिएकाले पानीको अभाव पर्ने गएकाले पानी दिन नसक्ने कारण देखाउदै अवरोध सृजना गरेका थिए ।

पानी माथी राजनिति भयो भन्दै आन्दोलनमा उत्रिएका स्थानियहरुको दवाव पछि नगरपालिको आकस्मिक वैठक पछि सात दिन भित्र नमुना बस्ती सिम्चा च. न. पा १० लाइ दिर्घकालिन रुपमा पानी खुवाउने खाने पानीका अध्यक्ष तथा च.न.पा. ८ वडा सदस्य पुरुषोतम रिजाल विच लिखित सहमती भएको थियो ।