माअोवादी केन्द्रको भागमा पर्यो काठमाण्डाै निर्वाचन क्षेत्र नं. १०

चन्द्रागिरि ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धन गरेका एमाले र माओवादी केन्द्रबीच काठमाडौंका १० निर्वाचन क्षेत्रमा भागबन्डा टुंगिएको छ । जसअनुसार एमालेले आफूलाई सात र माओवादीलाई तीनवटा क्षेत्र दिएको छ ।

एमालेले काठमाडौंका २, ३, ४, ५, ७, ८ र ९ निर्वाचन क्षेत्र आफूसँग राखेको छ । माओवादी केन्द्रलाई भने १, ६ र १० निर्वाचन क्षेत्र छुट्याएको छ । काठमाडौं १ मा कांग्रेसबाट प्रकाशमान सिंह उठ्दैछन् । उनी दुईवटै संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट प्रतिस्पर्धी दलभन्दा दोब्बर मतले विजयी भएका थिए । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र उठ्दैछन् यही निर्वाचन क्षेत्रबाट उठ्ने यसअघिनै तय भइसकेको छ ।

काठमाडौं १० मा कांग्रेसबाट राजेन्द्र केसी (राजन) उठ्दैछन् । सो क्षेत्रमा पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जितेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनलाई कांग्रेसका केसीले झन्डै दोब्बर मतले पराजित गरेका थिए ।

काठमाडौं ६ मा यसपटक पनि कांग्रेसले भीमसेनदास प्रधानलाई उम्मेदवार बनाउँदैछ । यसपटक प्रधानसँग माओवादी केन्द्रका हिमाल शर्माले प्रतिस्पर्धा गर्ने भएका छन् । सो क्षेत्रबाट दुईचोटि एमाले नेता योगेश भट्टराई पराजित भएका थिए ।

एमालेले काठमाडौं २ बाट माधवकुमार नेपाल, ३ बाट कृष्ण राई, ४ बाट डा. राजन भट्टराई, ५ बाट ईश्वर पोखरेल, ७ बाट रामवीर मानन्धर, ८ बाट जीवनराम श्रेष्ठ र ९ बाट कृष्णगोपाल श्रेष्ठलाई उठाउने तयारी गरेको छ ।

कांग्रेसले काठमाडौं २ बाट दीपक कुइँकेल र उपेन्द्र कार्कीमध्ये एक, ३ बाट अम्बिका बस्नेत, ४ बाट गगन थापा, ५ बाट प्रेमबहादुर खड्का, ७ बाट प्रमिला सिंह, ८ बाट नवीन्द्रराज जोशी र ९ बाट ध्यानगोविन्द रञ्जितलाई उम्मेदवार बनाउँदैछ ।