राजधानीमा वढ्दो ट्राफिक समस्या समाधान गर्न र राजधानीमा वढ्दो अपराधीक कृयाकलाप न्युनिकरण गर्न सरोकारवालहरुको चासो

  • रोशन दानी,

काठमाण्डौं राजधानीमा वढ्दो ट्राफिक समस्या समाधान गर्न र राजधानीमा वढ्दो अपराधीक कृयाकलाप न्युनिकरण गर्न सरोकारवालहरुले चासो देखाएका छन् ।

सामुदाय प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको आयोजनामा भएको सुरक्षित सडक र सुरक्षित समाज निमार्णका लागि सरोकार निकाय विच चन्द्रागिरिमा भएको अन्तकृया कार्यक्रममा चन्द्रागिरि नगरप्रमुख, ट्राफिक महासाखा प्रमुख ,काठमाण्डौं प्रहरी प्रमुखले राजधानीमा वढ्दो ट्राफिक समस्या समाधान गर्न र राजधानीमा वढ्दो अपराधीक कृयाकलाप न्युनिकरण गर्ने चासो देखाएका हुन् ।

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरका नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका राजधानी छिर्ने मुख्य नाका भएका कारण मुख्य नाका वाटै राजधानीको परिचय दिनु पर्ने बताए । उनले कंलकी नागढुगा सडक पूर्ण रुपमा निर्माण पश्चात हरियाली र सफा नगरको रुपमा विकास हुने बताए । कंलकी देखि नागढुंगा सम्म सडकका कारण कोही पनि दुर्घटनामा पर्न नहुने उनको तर्क छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले नगरपालिकाको समन्वयनमा व्यस्थित बस पकेट, नो पार्किङ, सडक बत्ती, लेन ट्राफिक लाईट जडान गर्दे सडक सुरक्षामा महत्पुर्ण कामको थालनी सुरु भई सकेको बताए ।

महाशाखाका प्रमुख पन्थले कलकी देखि नागढुंगा सडकमा जथाभावी ट्रक,टिपर पार्किङ गरि सवारी आगमनमा अवरोध प¥ुयाए कारवाही गर्ने चेतावनी दिए । उनले भने, ‘‘राजधानीको दुर्घटना न्यनिकरमा सवै निकायको चासो हुनु पर्छ, राजधानी छिर्ने मुख्य नाकामा ठुला मालवाहाक सवारी साधनहरुले गर्दा ट्राफिक व्यवस्था असहज वनाएको छ, छिटैनै चन्द्रागिरि नगरपालिकाको सहकार्यमा ठूला मालवाहक सवारी साधनहरुलाई पार्किङको लागि उचित स्थान छनौट गर्दै छौ र राजधानीमा जाम समस्या यसले केहि भए पनि न्युनिकरणमा योग्दान पुग्ने छ ।’’

कार्यक्रममा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले काठमाडौंमा हुने सबै खालको अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढने प्रतिवद्धता समेत जनाएका हुन ।

उनले पछिल्लो समय राजधानीमा लागु औषध,साईवर क्राईम,लैङिक हिंसा वढ्दै गएको प्रति चिन्ता व्यत्त गर्दै सभ्य र भय रहित समाज निमार्णमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम फलदायी हुदै गएको बताए । उनले भने ‘‘कुनै पनि व्यक्तिले गलत मनसाय वाट नजानिदो तवरले अपराध गर्दछ भने समाजमा रहने अपराधीक कृयाकलाप गर्न व्यक्तिलाई ढडित गरिहाल्नु पर्छ अपराधीको मनोवल वढ्ने काम कोही कैले गर्नु हुदैन । प्रहरीको मेरा लागी हाम्रा लागि समाजका लागि उनिहरु पनि यही समाजका मान्छे हुन भने भावनाको विकास गर्नु पर्छ ।’’

कार्यक्रममा समाज सेवी देवेन्द्र प्रधानले समाजको हरेक विकृतिहरु जरै देखि निमुल पार्ने समाजका सव्य र शिक्षित नागरिकहरु वाटै पहलकदमी आवश्यक रहेको औल्याउदै, प्रहरी मेरो साथी, प्रहरी मेरो पहरेदारको नारालाई आत्मसाथ गर्दे अगाडी वढ्नु पर्ने बताए ।

कार्यक्रममा महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले सामुदाय प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरि अन्तर्गत नौ महिना भरिमा गरेका कार्य प्रगतीको वारेमा प्रस्टाएका थिए । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलकीका प्रमुख केशव राज भट्टले दुर्घटना न्युनिकरण गर्न समुदाय प्रहरी साझेदारी अन्र्तगत जनचेता तथा सडक सुरक्षा वारे जन स्तर सम्म पुयाउन लागि परेको बताए ।महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी निरिक्षक शकंर खड्काले समाजमा विद्यमान सुरक्षा चुनौतीलाई सहज रुपमा समाधान गर्न सवैको साथ र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा चन्द्रागिरिका स्थानियहरुले समसामहिक विषय बस्तुमा र समाजमा भएका समाजिक विकृति विरुद्ध समाधान होस भने हेतुले आफ्ना भनाईहरु राखेका थिए ।