राजमो अध्यक्ष केसी चन्द्रागिरिमा छमछमि नाचे

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने आशंका व्यक्त गरेका छन् । दोस्रो चन्द्रागिरि महोत्सबमा बोल्दै अध्यक्ष केसीले सदनमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याएका हुन् ।
उनले भने ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ । यो अत्यन्तै गम्भीर र गलत कुरा हो, तत्काल खारेज गर्नुपर्छ ।’ केसी यो विधेयकले नेपालमा जन्मिएका वास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराइने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए ।

फरक प्रशंगमा नेता केसीले संघियता क्यान्सर रोग जस्तै भएको र यसको कुनै तुक नरहेकाले यसलाई खारेजी गर्नुपर्ने जरुर रहेको बताए । सुरु देखीनै संघीयताको बिपक्षमा वकालत गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने, ‘अहिले संघियताको विषयमा अरु दलको पनि ओठ मुख सुकेको छ अन्य दललाई पनि यो खासै स्वीकार्य छैन । पहिले फसेको हुनाले उम्कन नसकेको मात्र हो ।’ आफूले सबै दलको नाडि छामेको भन्दै संघियता लागू गर्छौैं भन्ने दलहरु पनि अहिले पछुताउन लागेको उनले बताए ।

कार्यक्रममा चन्द्रगिरि महोत्सवका सह संयोजक तथा प्रचार प्रसार संयोजक रोसन दानीले चन्द्रगिरि नगरलाई देशकै नमुना नगरको विकास गर्न नगरका सवै युवाहरु लाग्नु पर्ने वताए ।
चन्द्रागिरि नगरपालीका र देवदर्शन मिडिया ग्रुपले आयोजना गरेको चन्द्रागिरिमा आयोजना गरेको महोत्सबमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चन्द्रागिरीको ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको बारेमा समेत प्रशंसा गरे । चन्द्रागिरि महोत्सबमा आएका गायक सरोज लामिछानेको गीतमा नेता केसी र चन्द्रगिरि हिल्सका प्रर्वन्ध निर्देशक अभिषेक विक्रम शाहाले छलछमी नाचेका थिए ।