संघीय संसदको समितिद्वारा काठमाडौं – ९ का बाढी प्रभावित क्षेत्रको निरीक्षण

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले काठमाडौं महानगरपालिका र चन्द्रागिरी नगरपालिकाका विभिन्न बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।

काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठको संयोजनमा भएको सो निरीक्षणका क्रममा उक्त टोलीले कुलेश्वर क्षेत्रको मेट्रो कोलोनी ,कुलेश्वर अपार्टमेन्ट सोसाइटी ,ओरिएन्टल कोलोनी र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रका स्थानीयहरु संग बाढीले पारेको प्रभाव र क्षेतिका वारेमा अन्तरक्रिया र छलफल गरेका थिए।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठ एवं समितिका सदस्य प्रेम सुवाल , दिलेन्द्र प्रसाद बढु सहित प्रदेश सभाका सदस्यहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख, उपप्रमुख, काठमाडौंमहानगर पलिकाकी उप प्रमुख हरिप्रभा खड्गी ,वडा १४ का अध्यक्ष शोभा सापकोटा ,सदस्य बिनोद थापा , गृह मन्त्रालयका विपद् तथा व्यवस्थापन महाशाखाका सहसचिव, सुरक्षा निकायका प्रतिनिधिहरु एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो।

उक्त अवसरमा कुलेश्वर तथा चन्द्रागिरीका स्थानीयहरुले बाढीले पुर्याएको क्षेतीको राहत तथा समस्याको अल्पकालीन तथा दिर्घकालिन समाधानको लागि पहल गर्न टोलि समक्ष अनुरोध गरेका थिए।

सो अवसरमा समितिकी संयोजक श्रेष्ठले यस्तो विपदको वेलामा स्थानियहरुले खेल्ने भूमिका निकै महत्वपूर्ण हुने भएकोले सो प्रति सचेत रहन आग्रह गरेकी थिइन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले आफु सधै जनताको दुखमा साथ रहेको र आगामी दिनमा पनि सक्रिय रहने भन्दै जनतालाई आफ्ना हरेक समस्याका वारेमा जानकारी गराउन अनुरोध गरेका थिए ।