हवाई उडान जेठ २ सम्मका लागि स्थगित

काठमाडाैं ।अब आन्तरिक एवम् वाह्य हवाई उडान सेवा जेठ २ गतेसम्मका लागि स्थगित नै राखिने भएकाे छ । उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको बताइएकाे हाे ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवा बन्द गर्ने निर्णय भएकाे थियाे । अब भने जेठ २ गतेसम्म पनि बन्द नै लकडाउनकाे बारेमा भने भाेलिकाे मन्त्रिपरिषद्काे बैठकले  नै निर्णय गर्ने बताइएकाे छ ।

शनिबारकाे बैठकमा लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको बताइएकाे छ ।

प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समिक्षा भएको छ ।