
काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ । पछिल्लो पटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोल जानकारी दिएका छन् ।
संक्रमितमध्ये सबैभन्दा बढी बाराका छन् । बाराका ४७ जनामा संक्रमण भेटिएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।





