चन्द्रागिरि- नागढुंगामा दुर्लभ हुचिलको खुट्टा र पञ्जा सहित तामाङ प्रकाउ

१३ भदौ,काठमाडौं । प्रहरीले जिवजन्तु ओखेटोपहार सहित एक जनालाई पक्राउ गरेकाे छ ।



चन्द्रागिरि न.पा वड नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा विरगंजबाट काठमाण्डौव तर्फ आउँदै गरेको ना ५ ख ५८६४ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा जिवजन्तु ओखेटोपहार सहित एक जनालाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी माेहनबहादुर खाँणका अनुसार जिल्ला गोरखा पालुङटार न.पा वडा नं. ५ घर हुने बर्ष ६५ को सोनाम तामाङलाई पक्राउ गरिएको बताए ।

Chandragiri Crime2 1

डिएसपी खाँणका अनुसार सोनाम तामाङले लुकाई छिपाई लिई आएको जिवजन्तु ओखेटोपहार संग सम्बन्धित हुचिलको खुट्टा थान २, हुचिलको पञ्जा जस्तो देखिने थान २, एकिन हुन नसकेको हड्डी थान २ , एकिन हुन नसकेको जनावरको सुकुटी (मासु) ४०० ग्राम र नगद रु ४० हजार समेत बरामद भएकाे छ ।

साथै झोलाबाट शंख थान ३, सेतो टल्कने ढुङ्गा थान १ फेला परेकोमा उक्त शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागी पुरातात्व विभाग रामसाहपथ पठाईएको छ ।

थानकोट बृत्तले मानिस सहित आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय हात्तिसार काठमाण्डौँ पठाईएको छ।

Chandragiri Crime1 1