चन्द्रागिरि यातायातले नागढुंगा देखि भक्तपुर बालकोट बिरुवा सम्म बस सञ्चालन

काठमाण्डौ चन्द्रागिरी यातायातले नागढुंगा देखि भक्तपुर बालकोट बिरुवा सम्म बस संचालनमा ल्याएको छ । चन्द्रागिरी यातायातले नागढुंगा-थानकोट-थापाथली-बानेश्वर-कोटेश्वर-बालकोट बिरुवा रुटमा बस संचालनमा ल्याएको हो ।

चन्द्रागिरी यातायात प्रा.लि. ले नागढुंगा देखी भक्तपुर बालकोट बिरुवासम्म १५ ठूला बस संचालनमा ल्याएको हो । अन्य रुटमा चलिरहेका ६५ वटा बसले सो रुटमा सेवा दिने कम्पनीले जनाएको छ ।




चन्द्रागिरी यातायातले चालक, सहचालक र यात्रुको सुरक्षा मापडण्ड अपनाई मात्र बसमा चढ्ने व्यवस्था गरिएको छ ।
सामान्य समयमा २९, ३४ र ४० सिट क्षमता रहेका बसहरुमा ४०% महिला सिट, अशक्त, जेष्ठ नागरिक गर्ववती अरक्षण सिट रहेको र हाल सरकारले तोके अनुसार सिट क्षमतामा मात्र यात्रु लिई नन स्टप सेवा प्रदान गरेको छ ।

Chandragiri Yatayat2

हाल विरुवा रुटमा १५ वटा र पिपला मोड नागढुंगा-रत्नपार्कमा ५० वटा बस संचालनमा ल्याएको चन्द्रागिरी यातायातको भनाई छ । बसमा उभिने यात्रुको सहजताको लागि ह्याङ्गर, आरामदायी सिट, म्युजिक सिस्टम पनि रहेको छ । यात्रुहरुसँग अभद्र व्यवहार नहोस भने उद्देश्यले चालक सहचालकलाई साप्तहिक रुपमा प्रशिक्षण दिइने गरेको र प्रत्येक दिन उत्कृष्त चालक सहचालक छनौट गरि १० ग्राम र ५ ग्राम चाँदिका सिक्का बाट पुरस्कृत गर्ने गरिएको छ ।

नागढुंगा देखि भक्तपुर बालकोट, विरुवाको भाडा सरकारले तोके वमोजिम कायम गरिएको छ । ३५ देखि ४२ लाख सम्म मूल्यका यी बस ३० प्रतिशत व्यवसायी र बाँकी फाइन्यान्स गरेर कम्पनीकौ नाममा निकालेको जानकारी दिए । कम्पनीमा कुल १८० सय जना कर्मचारी कार्यरत छन् ।

आधुनिक तरिकाले अघि बढ्न कम्पनीले कार्य संचालन विभाग, मानव संसाधन विभाग, लेखा शाखा, सुचना प्रविधि विभाग, बजार व्यवस्थापन विभाग छुट्टाएर संचालन गरेको छ भने सबै वसहरुमा GPS Tracking System जडान गरिएको छ । ६४ जनाको लगानी रहेको यस चन्द्रागिरी यातायात सेवा प्रा.लि. ले २०७५ साल देखि सेवा सुरु गरेको हो । चाँदै Automatic Fare collection system जडान गरि बस सेवा सुरु हुने र यसले यात्रुहरुलाई नगद र चानचुन रुपैया वोक्नु पर्ने झनझतवाट मुक्त गर्नेछ । हाल २० वटा वसमा यो मेसिन जडान भैसकेको र कोरोनाको कारण जडान गरि सेवामा ल्याउन धिलाई भएको हो ।

Chandragiri Yatayat3

आफ्नै डिपो रहेको र चालक सहचालकको सुविधाको लागि होस्तेल सेवा जसमा खान बस्न राम्रो व्यवस्था गरिएको छ । चालक सहचालकको प्रोत्साहनका लागि ३ वर्ष पुरा कार्यरत चालक तथा सहचालकका बच्चाहरुलाई विधालयमा १००% छात्रवृति ,२ वर्ष पुरा कार्यरत चालक तथा सहचालकका बच्चाहरुलाई विधालयमा ५०% छात्रवृति र १ वर्ष पुरा कार्यरत चालक तथा सहचालकका बच्चाहरुलाई विधालयमा २५% छात्रवृति व्यवस्था पनि गरिएको अध्यक्ष गौतम श्रेष्ठको भनाइ छ ।