जिल्ला युवा समिति काठमाडौंको आयोजनामा लागु पदार्थ तथा साइबर क्राइम न्यूनिकरण तालिम सम्पन्न

चन्द्रागिरि।

जिल्ला युवा समिति, काठमाडौंको आयोजनामा “लागु पदार्थ तथा साइबर क्राइम न्यूनिकरण” सम्बन्धित तालिम थानकोट मङ्गलोदय मा.वि मा सम्पन्न भएको छ ।

यस तालिम बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद, जिल्ला युवा समिति काठमाण्डौंको आयोजना भएको थियो भने यस कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय रमा आले मगरको प्रमुख अतिथि रहेको थियो ।

कार्यक्रममा  सभापतिमा इन्जिनियर रूपा थापा मगर, विशेस अतिथिमा चन्द्रागिरी नगरपालिका का.वा प्रमुख बसन्ति श्रेष्ठ, मंगलोदय मा. वि. का प्रधानाध्यापक कविन्द्र गोपालि, चन्द्रागिरी नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख रस्मी श्रेष्ठ,  थानकोट प्रहरी वृत्तका कार्यालय प्रमुख नाराय प्रसाद अधिकारी, समाजसेबी खेम प्रसाद न्यौपान्ने, जिल्ला युवा समितिका सदस्य सम्झना, समाज सेवीहरु, जनप्रतिनिधि, पत्रकार, लगायतका समाजका प्रतिष्ठित व्यक्तित्व हरुको उपस्थितिमा रहेको थियो ।

लागु पदार्थ साइबर क्राइम विरुद्धको तालिममा थानकोट प्रहरी वृत्तका प्रमुख नारायण प्रसाद अधिकारीले लागु पदार्थ  न्यूनिकरणमा विद्यार्थीहरुले नै अभियान चलाउन पर्ने बताउनु भयो । दिनहु बढ्दै गएको साइबर अपराधलाइ जोगाउन विभिन्न घटनाहरु बारे उजागर गर्दै सचेत गराउनु भयो ।

मङगलोदय मा.बि.का प्रधानाध्यपक कविन्द्र गोपालीले विद्यार्थीहरु लागुपदार्थ ओसापसारको माधयबाट हुन् सक्ने भएकोले पैसाको प्रलोभनमा नपर्न विद्यार्थीहरूलाई सुझाप दिए ।

यसै चन्द्रागिरी नगरपालिकाले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र अब आगामी बजेट हरुमा युवा मैत्री कार्यक्रम गरिने चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले बाचा गर्नु भयो।

युवा लक्षित कार्यक्रम गर्न प्रदेश सरकारलाई अनुरोध गरे अनुरूप यो कार्यक्रम सञ्चालनमा ल्याउन सकेकोले यस्ता जन चेतना मुलक कार्यक्रम राख्ने सरकारलाइ अनुरोध गर्ने छु भन्दै लागू पदार्थ र साइवर क्राइमको विरुद्ध हिडन र बच्न समेत माननिय रमा आले मागारले बताउनु भयो।

अन्तमा लागुपदार्थ सेवन नगर्न र अरुलाई पनि यसको सिकार हुन नदिन आफुले सिकेको कुरा फैलाउन र साइवर क्राइम न्यूनिकरणमा हामि सबै लाग्नु नितान्त आवस्यकता रहेको जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष तथा यस कार्यक्रमका सभापति रूपा थापा मगरले बताइन।