मानव बेचबिखन तथा ओसारपसार विरुद्ध बलम्वु प्रहरीले निकाल्यौ बृहत ¥याली

काठमाण्डौं । १९ भदौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज चन्द्रागिरिमा वृहत ¥यालीको आयोजना गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरी प्रहरी प्रभाग बलम्वुको आयोजनमा निकालिएको ¥यालीमा बलम्वु हुदै सतुगंल चोक सम्म मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, विभिन्न विद्ययालयका विद्यार्थीहरु,नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । ¥यालीमा चेलीबेटी बेचबिखन मुक्त समाज बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो ।

¥याली पछिको कार्यक्रममा बोल्दै चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले राजधानीको मुख्य नाका नागढुगा मानव बेचबिखनको ट्रान्जिट पोइन्टको रुपमा रहेको बताउँदै मातहतमा रहेका सुरक्षाकर्मीलाई चनाखो भएर काम गर्न गर्नु पर्ने बताए । नगर प्रमुख गिरीले पछिल्लो समय चेलीवेटी वेचविखन विरुद्ध समुदायमा जनचेतना जोगाउने खालका गतिविधिलाई विद्यालय स्तरवाटै उठान गर्न जरुरी रहेको औलायाए ।

कार्यक्रममा चन्द्रागिरिका नगर प्रबक्ता हरि भक्त महर्जनले सिङगो नगरपालिका भित्र मोलाएको विकृति र विसंगती विरुद्ध सवै समाजका हरेक नागरिक एकताबद्ध तवरले लाग्नुपर्ने बताए । महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शकंर खड्काले बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरू गरिएको जानकारी गराए ।प्रहरी निरिक्षक खड्काले मानव वेचविखन तथा ओसारपसार सम्वन्धी विद्ययमान कानूनी प्राबधान वारे प्रष्ट पारे ।

कार्यक्रमा सञ्चारकर्मी रोसन दानीले आर्थिक सबलीकरणको माध्यामबाट मानव बेचबिखनलाई न्यूनीकरण गर्दै लैजान सरकार गम्भिर हुनु पर्ने बताए । अन्तराष्ट्रिय स्तरमा भने यो दिवस जुलाई ३० तारिखमा मनाउने गरिन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ । संविधानले मानव बेचबिखन तथा दास बनाएर राख्न नपाउने व्यवस्था छ । आज भएको यालीमा २५ सयको सहभागीता रहेको थियो ।