
काठमाडौं, भाद्र ७ । चन्द्रागिरि १२ मा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल केन्द्रको संगठन निर्माण अभियान अन्तर्गत चन्द्रागिरि १२ का विभिन्न पार्टी परित्याग गरि २९ जना एमालेमा प्रवेश गरेका हुन् । चन्द्रागिरी नगरपालिका अन्तर्गत वडा नं १२ चुनदेवी चोक,बलम्बु मा नेकपा एमाले चनपा १२ पार्टी अध्यक्ष राम सरद के सि को अध्यक्षतामा नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटी सदस्य वलम्बुका युवा नेता पुर्ण कुमार तण्डुकारको संयोजनमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा बाेल्दै एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य माननीय केशव प्रसाद पोखरेलले बर्तमान राजनीतिक अबस्थालाई सहि मार्ग दर्शन प्रदान गर्न राष्ट्र भक्त युवाहरू एक ढिक्का भएर सैद्धान्तिक लडाइँमा लाग्न मार्गदृष्ट्र गर्नु पर्ने बताए । नेता पाेखरेलले भने, अबकाे बाटाे भनेकै वर्तमान राजनिति भन्दा माथी उठेर देशकाे आ र्थिक,समृद्धि,सुशासन कायम गर्न आ जकाे युवाहरूकाे हातमा रहेकाे छ ।” नेता पाेखरेलले हिजाे के थियाे आ ज के छ भन्दा पनि भाेली के हुन्छ भन्ने साेचमा समाजका हरेक गतिविधि बिकासमुखी र जनतामुखी हुनु पर्ने उनकाे भनाइ रहेको थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य हरि शरण थापाले राजनितीक अस्तिरतालाई हटाई समृद्ध गाउँ समाज निर्माणकार्यमा संगठन लाई चन्द्रागिरिमा बलियाे बनाउन र आगामी निर्वाचनमा बलियाे पकट कायम गर्ने समय आईसकेकाे बताए । राज किरण श्रेष्ठको अध्यक्षता २९ सदस्यिय वडा कमिटि गठन गरि शपथ ग्रहण कार्यक्रम समेत साेही दिन सम्पन्न भएकाे युव नेता पुर्ण कुमार तण्डुकारले बताए । कार्यक्रममा निर्वाचन क्षेत्र नं ९ का उत्प्रेरक केन्द्रीय सचिव महाराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले जिल्ला कमिटी सदस्य दिपक पनेरु,नगरका पार्टी अध्यक्ष राजु श्रेष्ठ, ,राष्ट्रिय युवा संघ नेपालका काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल लगायतको उपस्थिति रहेकाे थियाे ।
You must be logged in to post a comment.