२०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।



jibss

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले जनाएको छ ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि २०७७ सालमा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरिएको थियो । एसईईका विद्यार्थीको विद्यालयले मूल्याङ्कन गरेको यो दोस्रो पटक हो । यसअघि २०७६ सालका एसईईका विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि विद्यालयलाई दिइएको थियो ।

त्यस्तैगरी अन्य विभिन्न माध्यमहरुबाट पनि नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा बोर्डको वेबसाइट र आईभीआर प्रयोग गर्न सकिने छ ।

त्यसका लागि  www.see.gov.npwww.neb.gov.np,  www.theconnectplus.com,   www.see.edusanjal.com,  www.see.ntc.net.np,  www.ekantipur.com मा गएर त्यहाँ दिएको निर्देशन अनुसार नतिजा हेर्न सकिने छ ।